नेपाली कांग्रेसको खातामा १० करोड बचत, महाधिवेशनमा तीन करोड खर्च अनुमान


२३ मंसिर २०७८, बिहीबार
congress

काठमाडौं, २३ मंसिर । सत्तारूढ नेपाली कांग्रेसको बैंक खातामा १० करोड रुपैयाँभन्दा बढी बचत रहेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज (बिहीबार) दलको आर्थिक अवस्थाबारे जानकारी गराएका हुन् ।

बिहीबार सानेपामा बसेको केन्द्रीय कार्य समिति बैठकमा कोषाध्यक्ष सीतादेवी यादवले पेश गरेको आर्थिक प्रतिवेदनमा उक्त कुरा उल्लेख छ । ‘तपाईंहरुलाई जानकारी गराऊँ, कांग्रेसको खातामा १० करोडभन्दा धेरै रकम सञ्चित रहेको छ’, शर्माले भने, ‘यो रकम महाधिवेशनमा खर्च भएर कति जोगिन्छ ? पछि हिसाब हुन्छ ।’

कांग्रेसले काठमाडौंमा शुक्रबारदेखि हुने महाधिवेशनमा करिब ३ करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ । कांग्रेसले महाधिवेशन प्रतिनिधिहरुलाई छाकैपिच्छे मासु भात खुवाउने तयारी गरेको छ । कागजमा मतदान हुने भएकाले निर्वाचन लम्बिएर अझै खर्च बढ्न सक्ने अवस्था छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७