कृष्ण सिटौलाको दावी : म जहाँ छु, कांग्रेस त्यही रहने छ


२३ मंसिर २०७८, बिहीबार
Krishna Prasad Sitaula 1
फाइल फोटो

काठमाडौं, २३ मंसिर । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले आफू जहाँ उभियो कांग्रेस त्यही रहने दावी गरेका छन् । प्रदेश-१ मा प्रदेश सभापति जित्न सफल भएको सिटोला समूहले महाधिवेशनमा नेता-कार्यकर्तालाई एकीकृत गर्न राखेको कार्यक्रममा उनले कांग्रेस सधैँ आफ्नै साथमा रहने दाबी गरे ।

‘म जहाँ उभिन्छु, कांग्रेस त्यही रहन्छ’, सिटौलाले भने, ‘यो पार्टीलाई विग्रन हुन दिन्नँ, यो पार्टीलाई मूल बाटोबाट बाहिर जानबाट रोक्नु मेरो कर्तव्य हो ।’ सिटौलाले अभाव, संकट र जोखिममा साथ दिएकाहरूलाई आफूले संरक्षण गर्ने भन्दै कार्यकर्तालाई टिम नछोड्न र आश्वस्त रहन आग्रह गरे ।

‘अभावमा, जोखिममा र संकटमा जसले मलाई साथ दिएको छु, त्यसलाई म कुनै पनि संकटमा छोड्दिनँ । तपाईंहरू ढुक्क हुनुस्’, सिटौलाले आफ्नो समूहका नेता-कार्यकर्तालाई आश्वस्त पार्दै भने, ‘म जहाँ रहन्छु, जस्तो अवस्थामा रहन्छु, आफ्नो साथमा रहेका साथीहरूको संरक्षणमै केन्द्रित हुनेछु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७