महामन्त्रीको उम्मेदवार गगन थापाको नारा : सम्मुनत नेपाल, सम्मानित नेपाली

‘कुर्सीमा बस्न मात्र महामन्त्रीमा उम्मेद्वारी दिएको होइन’


२३ मंसिर २०७८, बिहीबार
GaganThapa

काठमाडौं, २३ मंसिर । नेपाली कांग्रेसका नेता गगन थापाले कांग्रेसलाई नयाँ संकल्प चाहिएको बताएका छन् । पार्टीको १४औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी घोषणा गर्दै उनले यस्तो बताएका हुन् ।

थापाले २०७८ सालपछि पार्टीको कार्यदिशा ‘समुन्नत नेपाली, सम्माति नेपाली’ हुने बताए । पार्टीको १४ औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका थापाले अब कांग्रेसको कार्यदिशा ‘समुन्नत नेपाल सम्मानित नेपाली’ हुने बताएका हुन् । उनले कांग्रेसको महामन्त्री कुर्सीमा मात्र बस्ने नभई कांग्रेसको कार्यदिशाको प्रस्तावक पनि हुने बताए ।

‘कांग्रेसको महामन्त्री भनेको राजनीतिक कार्यदिशाको प्रस्ताव गर्ने ठाउँ हो । त्यसैले मेरो उम्मेदवारी महामन्त्रीमा हो,’ उनले भने । उनले जय नेपाल भन्न पाएकोमा गर्व लाग्ने गरेको बताए । ‘नजानेर कांग्रेस भए पनि प्रत्येक पटक सही गरेछु भन्ने लागिरहन्छ। हाम्रो चाहना नहुँदानहुँदै पनि सरकारमा बस्नुपर्‍यो,’ उनले भने ।

उनले लोकतान्त्रिक संस्थाहरु धरासायी बन्दै गएको बताए । ‘यो देखिने कांग्रेस हो । यो सुनिने कांग्रेस हो । भरोसा दिने कांग्रेस हो,’ उनले भने, ‘महाधिवेशनमा चुनाव किन जित्नुपर्छ ? भनेर प्रश्न गर्नुपर्छ । कांग्रेस म होइन हामीका लागि जन्मेको हो ।’ उनले पार्टीसँगको सम्बन्ध भएको ३० वर्ष बितेको बताए ।

नेता गगन थापाले आफू अझै १५ वर्ष पार्टीमा क्रियाशील हुने बताएका छन् । आफ्नो अवधारणापत्र सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । ‘महामन्त्री पदको उम्मेदवारी प्रस्तुत गर्न पाउनु पनि गौरवको कुरा हो । आँखा चिम्म गरें भने धेरै परसम्म जान सक्छु । म विशाल रुखको छहारीमुनि बसिरहेको छु भन्ने लागिरहेको छ ।’

उनले सम्बोधनको शुरुमै भने, ‘अर्को १५ वर्ष यो पार्टीमा क्रियाशील भएर काम गर्छु । मेरा छोरी त्यसबेला २०, २१ वर्षको हुनेछन् । उनीहरुलाई यो देशको कुनै पनि कुनामा लिएर हिँड्दा परबाट कसैले देख्दा मलाई मायाले जय नेपाल भनिदिए पुग्छ । त्यसबेला माया र सम्मान हुन्छ कि हुँदैन भन्ने प्रश्न हो । मेरो छोरीहरुलाई त्यति मात्रै लागोस्,आफ्नो समयमा बुबाले जुन काम गर्‍यो हामीलाई टेक्ने आधार बनाई दिएको रहेछ भन्ने भयो भने पुग्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७