कांग्रेसले तीनै तहको चुनाव एक्लै जित्नु पर्छ, देशमा एक वर्षमै परिवर्तन आउँछ : गगन थापा

‘महामन्त्रीमा पराजित भए सामान्य कार्यकर्ता भएर काम गर्छु’


२३ मंसिर २०७८, बिहीबार
GaganThapa

काठमाडौं, २३ मंसिर । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले महामन्त्री पदमा आफ्नो जीत नभए सामान्य कार्यकर्ता भएर काम गर्ने बताएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आफ्नो अवधारणापत्र सार्वजनिक गर्दै महामन्त्रीका उम्मेदवार थापाले पराजित भए क्रियाशील सदस्य मात्र रहेर काम गर्ने बताएका हुन् ।

ऊर्जा र उत्साह हुँदाहुँदै पनि राजनीतिक व्यवस्थाले देश र जनताको अवस्था बदल्न नसकेको भन्दै उनले कांग्रेसमा रहेर जनाताको जीवनमा परिवर्तन ल्याउन आफू नेतृत्व तहमा पुग्न चाहेको बताएका छन् । ‘पार्टी आस्था हो, विश्वास हो । यहि पार्टीभित्र बसेर अझ योगदान दिनका लागि अघि बढ्न खोजेको हुँ,’ उनले भने, ‘हामीले जनताको अवस्था र जीवनस्तर बदल्न सक्छौं ।’

विगतको सरकारले सबै भताभुङ्ग पारेको भन्दै उनले १४ औं महाधिवेशनपछि आउने कांग्रेस नेतृत्वले एक वर्षभित्र परिवर्तन ल्याउने ठोकुवा गरे । त्यसका लागि तीनै तहका आगामी चुनाव जित्नुपर्ने भन्दै उनले कांग्रेससँग नयाँ कार्यक्रम र संकल्प आवश्यक रहेको औैल्याए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७