सभापतिमा शेखरको नारा : ‘एक पटक, यसै पटक’


२३ मंसिर २०७८, बिहीबार
shekhar

काठमाडौं, २३ मंसिर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले १४औं महाधिवेशनमा सभापतिका लागि प्रचार सुरु गरेका छन् । संस्थापन इतर समूहमा सभापतिको साझा उम्मेदवार तय गर्न सकस भइरहेका बेला कोइराला बिहीबार अपराह्नदेखि सामाजिक सञ्जालमा ‘एक पटक यसै पटक’ भन्दै प्रचार अभियान छेडेका छन् ।

संस्थापन इतर समूहमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह र शेखर सभापतिका आकांक्षी छन् । मंगलबारदेखि साझा उम्मेदवार तय गर्ने विषयमा इतर पक्ष छलफलमा जुटेको जुट्यै छ । बिहीबारसम्म पनि सहमतिका लागि छलफल भएको थियो । तर, कुनै निकास निस्कन सकेको छैन ।

प्रकाशमान र शेखरबीच सहमति हुन नसक्दा नेता पौडेल चिन्तित बनेका छन् । तीनै जना आजको केन्द्रीय समिति बैठकमा समेत उपस्थित भएनन् । प्रकाशमानले आफूले सभापतिमा दाबेदारी नछाडेको बताएपछि शेखरले पनि सभापतिको उम्मेदवारी दिने भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७