गगन थापाको अवधारणापत्र : कांग्रेस महाधिवेशनले जनतामा फेरि आशाको सन्देश दिनु पर्छ (पूर्णपाठ)


२३ मंसिर २०७८, बिहीबार

काठमाडौं, २३ मंसिर । नेपाली कांग्रेस महामन्त्रीका उम्मेदवार गगन थापाले पार्टीको आगामी लक्ष्यसहितको ६० पृष्ठ लामो अवधारणा पत्र सार्वजनिक गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा थापाले कांग्रेसको १४ औं महाधिवेशनका लागि ‘हाम्रो ध्येय ” समुन्नत नेपाल, सम्मानित नेपाल’ शीर्षकमा अवधारणा पत्र सार्वजनिक गरेका हुन् । कांग्रेस महाधिवेशन शुक्रबारदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ ।

थापाले लोकतन्त्र, संघीयता, संविधान, गणतन्त्र, समावेशीतालगायतका उपलब्धि र व्यवस्थामाथि उब्जेका संशय माझ नेपाली राजनीतिको आगामी यात्रा असहज रहेको उल्लेख गरेका छन् । आमजनतामा राजनीतिक दल र समस्त प्रणालीप्रति नै वितृष्णा र आक्रोश रहेको भन्दै थापाले यो परिस्थितिमा विकसित भइरहेको चुनौतीपूर्ण घटनाक्रमलाई सही अवतरण नगर्ने हो भने पार्टी र देश दुवैको यात्रा अप्ठेरो रहेको पनि बताएका छन् ।

कांग्रेस महाधिवेशनले पार्टीको वैचारिक र सांगठनिक पुनर्जागरण र रुपान्तरणमार्फत जनतामा पुनः आशाको सन्देश दिन सक्नुपर्नेमा उनको जोड छ । थापाले १४ औं महाधिवेशन कांग्रेसजनलाई अवसर भन्दै यसको सदुपयोग गरेर सैद्धान्तिक र सांगठनिक पार्टीको रुपान्तरण गर्न रचनात्मक हस्तक्षेपका लागि पनि आह्वान गरेका छन् ।
हेर्नुस् पूर्णपाठ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७