नाडाको नयाँ नेतृत्व चयनका लागि मतदान चल्दै


२३ मंसिर २०७८, बिहीबार
karan chaudhari dhurb thapa

काठमाडौं, २३ मंसिर । नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालको आगामी नेतृत्वको मतदान जारी छ । होटल सोल्टीमा विहान ८ बजेदेखि भइरहेको चुनावमा दुई समूहले प्यानल बनाएर प्रतिस्पर्धा गरेका छन् ।

हिजोबाट नाडाको निर्वाचन तथा ४५ औं साधारणसभा शुरु भएको थियो । नाडाको आगामी अध्यक्षको लागि सुजुकीको नेपालका लागि आधिकारिक विक्रेता सीजी होल्डिङ्स तथा सीजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरी र फोर्स मोटरको नेपालको आधिकारिक विक्रेता तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापाको प्यानलबीच प्रतिस्पर्धा छ ।

चौधरीले अनुपकुमार बराल, सुरेन्द्रकुमार उप्रेती, बिक्रम सिंघानीया, देवराज भण्डारी, गोपाल भट्टराई, राजनबाबु श्रेष्ठ, पंकज अग्रवाल र राजेन्द्र अग्रवाललाई कार्यसमिति सदस्यका लागि प्यानलमा राखेका छन् । चौधरीको सूमहमा वर्ण न्यौपाने, सुनिल रिजाल, बरदान बस्नेत, निशान ढकाल, प्रकाश कपुरी, अभिक ज्योति, मिलनबाबु मल्ल, निलमणी पाठक, र गंगाराज भट्टराई पनि सदस्यका प्रत्यासी छन् ।

थापाको प्यानलमा हालका कार्य समितिमा रहेका आकाश गोल्छा, निराकार श्रेष्ठ, दिपक अग्रवाल, कपिल शिवाकोटी र शुभाशिष थपलिया पनि छन् । नमुना श्रेष्ठ, अमरज्योति रञ्जित, बीएन पाठक, दिपेन्द्रकुमार मिश्र, नवराज भुसाल, प्रसाद पौडेल ९राजन०, प्रदिपमान प्रधान, प्रकाश सिग्देल, रिद्धि कार्की, सगुन बिएस कंसाकार र सञ्जय खेतान पनि थापाको प्यानलबाट कार्यासमिति सदस्यको प्रतिस्पर्धामा छन् । नाडामा ३ हजार २१६ जना मतदाता छन् ।

दिउँसो ३ बजेसम्म मतदान सकिने नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले जानकारी दिए । ‘मतगणना पनि आजै शुरु हुन्छ,’ उनले भने, रातिसम्म नतिजा आउँछ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७