सिटी एक्सप्रेस र रिया मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार सुरु


२३ मंसिर २०७८, बिहीबार
city riya khalti 660x330 1

काठमाडौं, २३ मंसिर । सिटी एक्सप्रेस मनी ट्रान्सफर र रिया मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार सुरु भएको छ।

अब बिदेशमा रहेका नेपालीहरुले रिया मनी ट्रान्सफरको सेवा प्रयोग गरी अमेरिका, यूरोप तथा १६० अन्य देशहरुबाट सिटी एक्सप्रेसमार्फत, खल्ति एपबाट सजिलै नेपालमा पैसा पठाउन सक्नेछन्। साथै खल्ति मोबाईल वालेटमा लोड गर्न पनि सकिने छ।

सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र रिया मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सावन डि. फिल्डरले हस्ताक्षर गरे।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७