विवाह बन्धनमा बाँधिए कट्रिना र विक्की (तस्विरहरु)


२३ मंसिर २०७८, बिहीबार
Katrina kafe

काठमाडौं : बलिउड अभिनेता विक्की कोशल र अभिनेत्री कट्रिना कैफले आज वैवाहिक लगनगाँठो कसेका छन्। राजस्थानको सवाई माधोपुर जिल्लास्थित सात सय वर्ष पुरानो किल्लामा सञ्चालित एक भव्य होटलमा उनीहरुको विवाह कार्यक्रम भएको हो ।

विक्की कौशलले आफ्नो इन्स्टाग्राम एकाउन्टबाट बिहेको तस्बिर सार्वजनिक गरेका छन्। तस्बिर सार्वजनिक गर्दै उनले सन्देश लेखेका छन्, ‘हाम्रो दिलमा अहिले केबल माया र कृतज्ञता मात्रै छ। जसले हामीलाई यो क्षणसम्म ल्याइ पुर्याएको छ। तपाईंहरु सबैले माया र आशीर्वाद दिएकाले हामी एक नयाँ यात्राको सुरुवातमा छौँ।’

विवाहका लागि बलिउडका हस्ती, आफन्त र केही राजनीतिज्ञसहित १२० जनालाई आमन्त्रण गरिएको छ । सलमान खानले भने विक्की र कट्रिनाको बिहे छुटाएका छन् । सलमानको रियादमा ‘दबंग’ फिल्मको टुरमा छन्। त्यसैले उनी आफ्नो पूर्वप्रेमिका तथा मिल्ने साथी कट्रिनाको बिहेमा आएनन् ।

katrina
katrina and Biki
katrina kaif

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७