बैंक अफ काठमाण्डूको कार्ड बाहक ग्राहकलाई दराजको १२.१२ योजनामा छुट


२३ मंसिर २०७८, बिहीबार
Daraz 12.12

काठमाडौँ, २३ मंसिर । बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्ड बाहक महानुभावहरुले दराजको १२.१२ योजनामा रु। २,००० सम्म छुट पाउनुहुनेछ ।

पछिल्लो समय ग्राहक महानुभावहरुमा प्रबिधिको प्रयोग गरि अनलाईन मार्फत आफुलाई आवश्यक विभिन्न समानहरु खरिद गर्ने बानी रहेकोले बैंकले आफ्नो कार्डबाहक महानुभावहरुलाई प्रबिधिको प्रयोगमा उत्प्रेरित गर्नुको साथै र २,००० सम्मको विशेष छुटको योजना ल्याएको हो ।

जस अन्र्तगत दराजको १२.१२ योजनामा बैंकको कार्डबाहक महानुभावहरुले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा १०५ वा अधिकतम् रु २,००० सम्मको छुटको सुबिधा उपयोग गर्नसक्नुहुनेछ ।

बैंकको कार्डबाहक महानुभावहरुले यस योजनाबाट आफुलाई आवश्यक सामान खरिद गरी अनलाइन माध्यम मार्फत प्रीपेमेन्ट गर्दा बैंकको डेबिट कार्ड प्रयोग गर्नुभएमा १०५ वा अधिकतम १,००० सम्म छुट र क्रेडिट कार्ड प्रयोग गर्नुभएमा १०५ वा अधिकतम २,००० सम्म छुटको पाउनुहुनेछ ।

यो योजनामा बैंकको कार्डबाहक महानुभावहरुले कार्डको माध्यमबाट अनलाइन भुक्तानी गरी २,००० सम्मको छुटसहित विभिन्न किसिमका अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामानहरु खरिद गर्न सक्नुहुनेछ ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७