महालक्ष्मी विकास बैंककाे ग्राहकलाई लाइफ केयर हेल्थ सेन्टरमा छुट


२३ मंसिर २०७८, बिहीबार
IMG 7217ff72cdcf4a43763424fb19d3beff V

काठमाडौं, २३ मंसिर । महालक्ष्मी विकास बैंक र लाइफ केयर हेल्थ सेन्टर बीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पश्चात बैंकको डेबिट कार्ड, क्यूआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले लाइफ केयर हेल्थ सेन्टरमा ओपिडी टिकट, ल्याब सेवा, भिडियो एक्स–रे, एक्स–रे सेवा, इको, इसीजी र औषधीमा आर्कषक छुट प्राप्त गर्ने बैंकले जनाएको छ ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७