६० वर्षमाथिकालाई कोरोनाविरुद्ध थप डोज


२४ मंसिर २०७८, शुक्रबार
korona khop jestha

काठमाडौं, २४ मंसिर । चिनियाँ कम्पनी सिनोफार्मबाट उत्पादित कोभिड १९ विरुद्धको खोप भेरोसेल लगाएका ६० वर्षमाथिका नागरिकमा एन्टिबडी कमजोर भएको पाइएपछि उनीहरूलाई थप एक डोज खोप दिने निणर्य भएको छ ।

खोप सल्लाहकार समितिका सदस्य डा. श्यामराज उपे्रतीका अनुसार विश्व स्वास्थ्य संगठनकोे अध्ययनपछि यस्तो निणर्य भएको हो ।

विभिन्न अध्ययनले भेरोसेल खोप लिएका बढी उमेरका व्यक्तिमा एन्टिबडी कम बनेको देखाएपछि विश्व स्वास्थ्य संगठनले थप एक डोज दिन सिफारिस गरेको छ । सोही अनुसार भेरोसेल खोप लिएका ज्येष्ठ नागरिकसहित जोखिम समूहलाई थप एक डोज खोप दिने निणर्य सरकारले गरेको छ ।

विश्व स्वास्थ्य संगठनकै नीतिअनुसार नेपालले यो समूहलाई थप एक डोज भेरोसेल खोप दिन लागेको उपे्रतीले बताए । विश्व स्वास्थ्य संगठनको स्वतन्त्र खोप सल्लाहकार समितिले विश्वभरि प्रयोग भएका कोभिड १९ विरुद्धका खोपहरूबाट निर्मित एन्टिबडीबारे अनुसन्धान गरेको थियो ।

समितिले निर्देशन दिएपछि संगठनले आफ्ना सदस्य राष्ट्रलाई भेरोसेल खोप लिएका ६० वर्षमाथिकालाई थप एक मात्रा खोप दिन निर्देशन दिएको हो । त्यही निर्देशनअनुसार नेपाल सरकारले यो समूहलाई खोप दिन लागेको खोप शाखा प्रमुख सागर दाहालले बताए । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७