बस्तीमा जङ्गली हात्तीको आतंक


२४ मंसिर २०७८, शुक्रबार
elephant 1
सांकेतिक तस्वीर

झापा, २४ मंसिर । झापाको कमल गाउँपालिका-५ स्थित सिम्लेमा केही दिनयता दिनहुँजसो जङ्गली हात्तीले आतङ्क मच्चाउँदै आएको छ । बस्तीसँगैको रतुवामाई वृक्षरोपण आयोजनाको जङ्गल क्षेत्रबाट निस्कने जङ्गली हात्तीले आतङ्क मच्चाउँदै आएपछि त्यहाँका बासिन्दा त्रसित हुन पुगेका छन् ।

रातको समयमा आउने हात्तीले अन्नबालीसँगै घरमै आक्रमण गर्न थालेपछि रातभर त्रसित हुनुपरेको वडाध्यक्ष डम्बरबहादुर निरौलाले बताए । उनका अनुसार हात्तीले सिम्लेसहित टुक्रे, क्याम्पालगायतका बस्तीमा दिनहुँजसो आतङ्क मच्चाउँदै आएको छ ।

बुधबारमात्रै सिम्लेका कृष्णप्रसाद राईको घरमा हात्तीले क्षति पुर्‍याएको छ । राईको घरमा राखेका धानसहित अन्नबाली खाएर नष्ट पारेको हो । दिनुहुँजसो हात्तीले बस्तीमा आतङ्क मच्चाउँदै आएपछि स्थानीयवासीले हात्ती नियन्त्रणको माग गदै आएका छन् । त्यस बस्तीमा बर्सेनि हात्तीले क्षति पुर्‍याउँदै आएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७