लिबियाको संसदीय निर्वाचनका लागि पाँच हजार उम्मेद्वार


२४ मंसिर २०७८, शुक्रबार
Libiya El1639069610

काठमाडौं, २४ मंसिर । लिबियामा आसन्न संसदीय निर्वाचनका लागि पाँच हजारभन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन् । लिबियाको निर्वाचन आयोगले बिहीबार दिएको जानकारी अनुसार संसदीय निर्वाचनका लागि पाँच हजार ३८५ जनाले उमेदवारी दर्ता गराएका हुन् ।

‘उनीहरू सबैले उम्मेदवारी दर्ताका लागि आवश्यक सवै कागजपत्र र प्रक्रिया पूरा गरेका छन्’, आयोगद्वारा जारी वक्तव्यमा लेखिएको छ । आयोगका अधिकारीहरूले उमेदवारी दर्ताको समय अवधि गत मङ्गलबार नै सकिएको जानकारी पनि दिएका छन् ।

निर्वाचनमा देशभरीका २८ लाखभन्दा बढी मतदाता सहभागी हुने अपेक्षा गरिएको आयोगले जनाएको छ । संसद् सदस्य चयनका लागि हुने निर्वाचनका लागि भने आगामी सन् २०२२ को जनवरीमा मतदान हुने तय भएको छ । लिबियामा नयाँ राष्ट्रपति चयनका लागि डिसेम्बर २४ मा निर्वाचन हुन लागेको छ । लिबियामा शान्ति स्थापनाको चरण अन्तर्गत अहिले निर्वाचन हुन लागेको हो । सिन्ह्वा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७