कास्की विजयपुरमा ट्रक दुर्घटना हुँदा दुईको मृत्यु


२४ मंसिर २०७८, शुक्रबार
Truck Accident Bijayapur Kaski

कास्की, २४ मंसिर । कास्कीको पोखरा महानगरपालिका-२६ विजयपुरमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । लेखनाथबाट पोखरातर्फ आउँदै गरेको लु.२ ख २९४८ नम्बरको ट्रक आफैं अनियन्त्रित भई आज बिहान साढे ४ बजे नालीमा पल्टिँदा दुई जना पुरुषको मृत्यु भएको हो ।

मृत्यु हुनेमा लमजुङको पार्चे बस्ने ४२ वर्षे भिम बहादुर तामाङ र नाम/ठेगाना नखुलेका अन्दाजी ४५ वर्षका अर्का एक पुरुषको मृत्यु भएको हो । दुवै जनाको अस्पतालमा उपचारको क्रममा आज बिहान ५ बजेर ५५ मिनेटमा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७