आफ्ना सन्तानसहित भारतमा बेचिएका १८ र १९ वर्षीया युवतीको उद्धार


२४ मंसिर २०७८, शुक्रबार

पर्सा, २४ मंसिर । जिल्ला प्रहरी कार्यालय पर्साले मानव बेचबिखनमा परेका दुई युवतीसहित उनीहरुका नाबालक दुई सन्तानको भारतबाट उद्धार गरेको छ । झापाबाट झण्डै दुई वर्ष अगाडि नाबालक छोराछोरीसहित हराएका १८ र १९ वर्षीया दुई युवतीसहित चार जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी ओमप्रकाश खनालले जानकारी दिए । दुई वर्षदेखि खोजतलास गर्दा भारतको विहार राज्यस्थित छौंडादानो भन्ने स्थानमा उनीहरुलाई फेला पारिएको प्रहरीले जनाएको छ ।

उनीहरु आकर्षक कामको लोभमा परेर बेचबिखनमा परेको प्रहरी अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको विशेष टोलीले माइती नेपाल पर्सा तथा भारतीय काउन्टरपार्टस्सँग समन्वय गरी चारै जनालाई भारतबाट उद्धार गरेर नेपाल ल्याएको हो ।
उनीहरुलाई बेचबिखन गर्ने व्यक्तिको पहिचान तथा खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु सिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७