कांग्रेसमा देउवाको विकल्प खोज्नु पर्छ : डा. मिनेन्द्र रिजाल

महामन्त्रीमा उम्मेद्वारी घोषणा


२४ मंसिर २०७८, शुक्रबार
minendra rijal21639110833

काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले कांग्रेस नेतृत्वमा पुरानै अनुहार लिएर चुनावमा जाँदा जनताले नपत्याउने बताएका छन् । आज (शुक्रबार) बिहान नेता रिजालले १४औँ महाधिवेशनमा महामन्त्री पदका लागि उम्मेदवारी घोषणा गर्दै पुरानै अनुहार लिएर चुनावमा जाने निणर्य कांग्रेसका लागि घातक हुन सक्ने बताए ।

काठमाडौंको नक्सालमा आयोजित कार्यक्रममा उनले सहज रूपमा मुलुकलाई आम निर्वाचनसम्म पुर्‍याउनु वर्तमान सरकारको अभिभारा भएको पनि बताए । ‘सबै दलहरूले आफ्नो महाधिवेशन सकेर नयाँ अनुहार लिएर जनता माझ जानुपर्छ । यो सरकार र हाम्रो अभिभारा यही हो’, उनले भने, ‘अहिले देखिए जस्तो अनुहार पार्टी नेतृत्वमा देखिए जनताले पत्याउँदैनन् । त्यही भएर पार्टीले नयाँ अनुहार ल्याउनु पर्छ । शेरबहादुर देउवा दोहोरिनु हुँदैन ।’

‘हिजो राति १२ बजेसम्म प्रयास गर्दा पनि एक उम्मेदवार बनाउँछौं भन्ने मेरो विश्वास फलिभूत हुन सकेको छैन’, पत्रकार सम्मेलनमा रिजालले भने, ‘महाधिवेशनपछि देउवा निवर्तमान सभापति । संसदीय दलको नेता उहाँ नै हो । प्रधानमन्त्री भइरहनु हुन्छ ।’ सरकार संक्रमणकालीन भइसकेको मुलुक अब चाँडै चुनावमा जाने उल्लेख गर्दै रक्षामन्त्री रिजालले कांग्रेसले पुरानै नेतृत्व राखेर बहुमत ल्याउन नसक्ने टिप्पणी पनि गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७