माओवादीले टुङ्ग्यायो मन्त्रीकाे नाम, यी हुन् अब बन्ने मन्त्री


१ चैत्र २०७४, बिहीबार
maobadi ofc

काठमाडौं, १ चैत : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले शुक्रबारसम्ममा सरकार विस्तार हुने बताइरहेका बेला अब बन्ने माओवादी मन्त्रीहरुको नाम पनि टुङ्गो लागेको छ ।maobadi ofc

प्रधानमन्त्री केपी शर्मा ओलीले एक–दुई दिनभित्रै सरकार विस्तार गर्ने गरी गृहकार्य अघि बढाएपछि माओवादी केन्द्रले पार्टीबाट सरकारमा सहभागी हुने थप मन्त्रीको नाम टुङ्गो लगाएको हो । पार्टीको भागमा परेका ७ मध्ये बाँकी ५ जनामा वर्षमान पुन, जनार्दन शर्मा, शक्ति वस्नेत, गिरिराजमणि पोखरेल र विना मगरको नाम टुङ्गो लागेको माओवादी केन्द्रका एक नेताले जानकारी दिएका छन् । मन्त्री मण्डलमा जाने सहभागीको नाम टुङ्गो लागे पनि पदीय भागबण्डा भने भइसकेको छैन ।

माओवादीले मन्त्रीको टुङ्गो लगाए पनि सत्ताको नेतृत्व गरिरहेको एमालेले भने अहिलेसम्म बाँकी मन्त्रीको नाम टुङ्ग्याएको छैन । यसअघि माओवादीबाट रामबहादुर थापा गृहमन्त्री र मातृका यादव आपूर्तिमन्त्री बनिसकेका छन् । वाम गठवन्धनले संघीय समाजवादी फोरमलाई पनि सरकारमा ल्याउने तयारी गरेकाले मन्त्रालय संख्या घट्ने समाचार स्रोतले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७