काँग्रेसको केन्द्रीय सदस्यमा गणेश लामाको उम्मेदवारी


२४ मंसिर २०७८, शुक्रबार
Ganesh lama don

काठमाडौं, २४ मंसिर । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा गणेश लामाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । शनिबार हुने उम्मेदवारको मनोनय दर्तामा आफूले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लागेको लामाले बताए ।

उनी तत्कालीन लोकतान्त्रिक फोरमको केन्द्रीय सदस्य रहेका उनी पार्टी समायोनपछि महासमिति सदस्य तथा प्रदेश सभा निर्वाचनमा काभ्रे क्षेत्र न. १ (ख) बाट उम्मेदवार थिए ।

पार्टीको युवाहरुको भूमिकालाई सशक्त बनाउन र राष्ट्रियता बलियो बनाउन आफ्नो उम्मेदवारी रहेको लामाले बताए । उनी पार्टीका वर्तमान उपसभापति विजय कुमार गच्छदार निकट मानिन्छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७