भारतबाट भन्सार छली ल्याइएको सामान ट्रकसहित नियन्त्रणमा


२४ मंसिर २०७८, शुक्रबार
Loaded

पर्सा, २४ मंसिर । बिल बिजकभन्दा बढी लत्ताकपडा तथा खुद्रा मालवस्तु लोड गरेको एउटा ट्रकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिइएको ट्रक राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको प्रहरीले जनाएको छ । वीरगञ्ज महानगरपालिका-८ स्थित घण्टाघर सडकखण्डमा ना३ख २२९ नम्बरको ट्रकलाई मालवाहक सामग्रीसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

ट्रकसँगै चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका-९ बस्ने वर्ष २५ का सागर रायलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । करिब पाँच लाख मूल्य बराबरको भन्सार छली गरी ल्याइएका विभिन्न किसिमका लत्ताकपडा तथा खुद्रा सामानसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७