पूर्व डीआईजी रमेश खरेलले आज नयाँ राजनीतिक दल घोषणा गर्दै


२४ मंसिर २०७८, शुक्रबार
Ramesh Kharel 3 I5se1Vfzzq

काठमाडौं, २४ मंसिर । पूर्व डीआईजी रमेश खरेलले आज (शुक्रबार) नयाँ राजनीतिक दल घोषणा गर्ने भएका छन् । नेपाल सुशासन अभियानका संयोजक खरेलले आज दिउँसो ३ः३० बजे पत्रकार सम्मेलन गरी ‘नेपाल सुशासन पार्टी’ घोषणा गर्ने जानकारी विज्ञप्तिमार्फत दिएका हुन् ।

जारी विज्ञप्तिमा ‘गौरवमय इतिहास र आफ्नै फरक पहिचान बोकेको हाम्रो देश नेपाल, पृथ्वीकै लागि गर्विलो देश हो । देशलाई समृद्ध बनाई देश सफल र शक्तिशाली बनाउन नेपालमा थुप्रै सम्भावनाहरू रहेका छन् । तर दुर्भाग्यवश हरेक सम्भावनाबाट पर्याप्तता रहेको हाम्रो देश राजनीतिक अस्थिरता, कुशासन, भ्रष्टाचारजस्ता कारणले गर्दा विकासको गति लिन पाएन । त्यसैले एक नयाँ आयामको रूपमा नेपाललाई सफल र शक्तिशाली देशको रूपमा स्थापित गर्न नयाँ पार्टी गठन गर्न लागिएको’ उल्लेख गरिएको छ ।

२९ वर्ष प्रहरी सेवामा रहेका डीआईजी खरेलले प्रहरी महानिरीक्षक नियुक्तिमा असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिएका थिए । त्यसपछि उनी भ्रष्टाचार र अनियमितताविरूद्ध नेपाल सुशासन अभियान सञ्चालन गरिरहेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७