काँग्रेसको उपसभापति पदमा गच्छदार बलिया दाबेदार


२४ मंसिर २०७८, शुक्रबार
Bijaya kumar gachhadar

काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आज शुक्रबार सुरु भएको छ । महाधिवेशनको बन्द सत्र भने भोलिबाट सुरु हुनेछ । भोलि २५ गते शनिबार उम्मेदवारी दर्ता गर्ने कार्यसूची रहेको निर्वाचन समितिले जानकारी दिएको छ ।

पार्टीको नेतृत्व लिन सभापतिदेखि केन्द्रीय सदस्यका उम्मेदवारसम्मले आ-आफ्नो दाबी र प्रचारप्रसारलाई तिव्रता दिइरहेका छन् । संस्थापन समूहमा वर्तमान सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निर्विकल्प उम्मेदवार हुन् । सभापति देउवा पक्षबाट यतिबेला वर्तमान उपसभापति विजयकुमार गच्छदार र महामन्त्री पूणर्बहादुर खड्काको नाम उपसभापति पदका लागि चर्चामा रहेको छ ।

हालको कार्यसमितिका दुई उपसभापतिमध्ये विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दिने तयारी गरेसँगै गच्छदार उपसभापति पदका बलिया उम्मेदवारको रुपमा देखिएका छन् । तत्कालीन लोकतान्त्रिक फोरमलाई काँग्रेसमा समायोजन गरेका गच्छदारसँग एउटा छुट्टै देशव्यापी समूह र पुराना काँग्रेसीहरुको आशा रहेको उनी निकट नेताहरुको दाबी रहेको छ ।

‘काँग्रेस पार्टीभित्र गच्छदार निणर्ायक शक्तिका साथै लामो राजनितिक अनुभव र एउटा पार्टीको एक दशक लामो समय नेतृत्व गरेका गच्छदारसँग राम्रो जनाधार भएका नेता हुनुहुन्छ’ उनी निकट काभ्रेका काँग्रेस नेता रामेश्वर ढकालले भने । नेताहरु रामजन चौधरी, डा.गोपाल दहित, योगेन्द्र चौधरी, गणेश लामा, हरि न्यौपाने लगायतको सशक्त समुह नेता गच्छदारसँग रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७