कांग्रेस महाधिवेशन उद्घाटन : को-को पुगे नेताहरु ?


२४ मंसिर २०७८, शुक्रबार
neta

काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आज शुक्रबारदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको छ ।
महाधिवेशनअन्तर्गत आज (शुक्रबार) उद्घाटन समारोहमा कांग्रेसका नेता कार्यकर्ताका अलावा देशका प्रमुख पार्टीका नेता र विदेशी प्रतिनिधिहरूको सहभागिता रहने छ । महाधिवेशनस्थलमा नेता कार्यकर्ता आउने क्रम जारी छ । उद्घाटन समारोह शुरु हुनुअघि अहिले विभिन्न साँस्कृतिक कार्यक्रमहरु भइरहेको छ ।

congress 3

भृकुटीमण्डपमा शुरु हुन लागेको उद्घाटन समारोहमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल पुगेका छन् ।

123451639125468

त्यस्तै अन्य राजनीतिक दलहरुका तर्फबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड), जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय जनमोर्चाकी नेतृ दूर्गा पौडेल महाधिवेशनस्थल पुगेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७