पौडेल पक्षले साझा उम्मेदवार टुंगो लगाउन सकेन, साँझामा फेरि बैठक बस्ने


२४ मंसिर २०७८, शुक्रबार
congress leader 232021 12 07 10 28 21

काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेस संस्थापन इतरको बैठक निष्कर्षबिहीन टुंगिएको छ । बैठक बेलुकी पुनः बस्ने छ । बरिष्ठ नेता रामचन्द्र पौडेलको निवासमा भएको छलफलमा साझा उम्मेदवार तय गर्न नसकेपछि बैठक पुनः बस्ने कांग्रेसका एक नेताले बताए ।

कांग्रेसको संस्थापनइतर समूहको बैठक सभापतिको साझा उम्मेदवार निर्क्योल गर्न पौडेल निवास बोहोराटारमा बसेको थियो । आकांक्षी बढि देखिएकाले दुवै समूहलाई उम्मेदवारको टुंगो लगाउन सकस भएको हो । देउवा समूहले पनि आजसम्म पदाधिकारीको टुंगो लगाउन सकेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७