एउटै मञ्चमा यति धेरै पूर्व प्रधानमन्त्रीहरु कहिल्यै देखेको थिइनँ : डा. हर्ष वर्द्धन


२४ मंसिर २०७८, शुक्रबार
harsa 1

काठमाडौं, २४ मंसिर । भारतीय जनता पार्टीका नेता डा. हर्ष वर्द्धनले नेपाल-भारत सम्बन्ध अलौकिक रहेको बताएका छन् । कांग्रेस १४ औं महाधिवेशन उद्घाटन सत्रको अवसरमा शुभकामना व्यक्त गर्दै नेता वर्द्धनले यस्तो बताएका हुन् ।

उनले भने, ‘कोरोना रोकथाममा पनि भारतले सहायता प्रदान गर्‍यो । नेपाल र भारत सम्बन्ध प्रगाढ छ,’ उनले भने । उनले एकै मञ्चमा नेपालका पूर्व प्रधानमन्त्री उपस्थित रहेको भन्दै खुशी व्यक्त गरे । उनले भने,’ यति धेरै पूर्व प्रधानमन्त्रीहरु उपस्थित हुनुभयो । निकै खुशी लाग्यो ।’ उनी कांग्रेस सभापति शेरबहादुर देउवाको निम्तोमा महाधिवेशनमा सहभागी हुन नेपाल आएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७