२५९ मा कोरोना संक्रमण, तीनको मृत्यु


२४ मंसिर २०७८, शुक्रबार
korona

काठमाडौं, २४ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २५९ जना कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ६,४७२ पीसीआर र ४ हजार १५ जनाको एन्टीजेन परीक्षणका क्रममा २५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पीसीआर र एन्टीजेन गरी कुल संक्रमितको संख्या ९ लाख १९ हजार ५१४ जना पुगेको छ । कुल संक्रमितमध्ये ५ हजार ९९७ सक्रिय संक्रमित छन् । गत २४ घण्टामा ३३७ जना संक्रमित निको भएका छन् । योसँगै देशभर निको हुनेको संख्या ८ लाख ६ हजार २३७ पुगेको छ । उक्त अवधिमा ३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५५२ पुगेको छ । हाल ९७ जना क्वारेन्टाइनमा छन् । ११५ जना आइसीयू र ३१ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर ३ लाख २९ हजार ३२१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७