बाह्य हस्तक्षेपबारे कांग्रेसले बोल्नु पर्छ : सीपी मैनाली


२४ मंसिर २०७८, शुक्रबार
cp mainali 1

काठमाडौं, २४ मंसिर । नेकपा मालेका अध्यक्ष सीपी मैनालीले व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको बताएका छन् । कांग्रेसको महाधिवेशन उद्घाटन स्थलमा बोल्दै उनले भने, ‘व्यवस्था परिवर्तन गरियो, अवस्था परिवर्तन भएन । परिवर्तन ल्याउयौं तर, अवाञ्छित बाह्य हस्तक्षेप र प्रभाव देखा पर्दै आयो ।’

उनले पञ्चशीलका आधारमा सार्वभौम सत्ता जोगाउनुपर्ने बताए । ‘यहाँ केही त्रुटि छन् कि। बाह्य देशबाट सहयोग लिनुपर्छ । स्वतन्त्रताको मूल्यमा होइन,’ उनले भने । ‘पटक-पटक संसदीय व्यवस्था ल्याइए पनि यो व्यवस्थाको हाल : के छ ? सयौं अध्यादेशहरु छन् । संसदले कानुन बनाउँदैन,’ मैनालीले थपे, ‘सरकार भनेको देशको अभिभावक हो । देशको पिता हो । उसले देश र जनताको हित गर्नुपर्छ । तर, जानी जानी कार्यकारी प्रमुखहरु सार्वभौमसत्ता देख्दैनन् भने हाम्रो सरकार कति गतिलो भयो भन्ने प्रश्न उठिरहेको छ ।’

मैनालीले बाह्य हस्तक्षेप रोक्न नेपाली कांग्रेस बोल्नु पर्ने बताएका छन् । कांग्रेसको १४ औं महाधिवेशनमा शुभकामना दिँदै मैनालीले नेपालमा पटक पटक परिवर्तन भएपनि बाह्य हस्तक्षेप नरोकिएको बताए । ‘२००७ सालमा नेपाली कांग्रेस विश्वेश्वरको अगुवाइमा प्रजातन्त्रको सुरुवात गर्‍यौ । तर बाह्य हस्तक्षेपले छोडेन । २०४६ सालमा र २०६२/०६३ मा पनि बाह्य हस्तक्षेपले छाडेन । हाम्रो ध्यान किन यता जाँदैन ?’, महासचिव मैनालीले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७