नेपाल-भारतबीचको सबै समस्या संवादबाट हल गर्नुपर्छ : नेता वास्निक


२४ मंसिर २०७८, शुक्रबार
mukul wasnik

काठमाडौं, २४ मंसिर । अखिल नेपाल भारतीय कंग्रेस कमिटीका नेता मुकुल वास्निकले आपसी वार्ताको माध्यमबाट नेपाल र भारतबीच भएको विवाद समाधान गनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना सन्देश दिन भारतबाट आएका वास्निकले दुई देशबीच रहेका समस्याहरुको विषयमा वार्ता र संवादमार्फत समाधान गर्नुपर्ने बताए ।

उनले नेपाल र भारतबीच सामाजिक र सांस्कृतिक सम्बन्ध रहेको बताउँदै पार्टीकी अध्यक्ष सोनिया गान्धीले धेरै शुभकामना दिएको उल्लेख गरे । साथै उनले दिल्लीमा भइरहेको विधानसभाको निर्वाचनका कारण उहाँ उपस्थित हुन नसकेको पनि जानकारी दिए । नेता वास्निकले नेपाली कांग्रेसका साथै नेपालमा रहेका सम्पूणर् जनताप्रति शुभकामना र उज्जव भविष्यको कामना गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७