पाँच पटक जन्मिएका पराजुलीको कुर्सी ‘नक्कली प्रमाण–पत्र’ ले यसरी ढाल्यो


१ चैत्र २०७४, बिहीबार
gopal parajuli and latter
????????????????????????????????????

काठमाडौं, १ चैत : पाँच वटा जन्म मिति र मेडिकल माफियासँगको साँठगाँठको विवादमा मुछिएका प्रधानन्यायाधिश गोपालप्रसाद पराजुलीले आफूमाथि लागेको आरोप प्रष्ट रुपमा खण्डन गर्न नसक्दा पराजुलीका लागि आफ्नै पद सम्हाल्न मुस्किल पर्‍यो ।

gopal parajuli and latter
विवादित प्रधानन्यायाधीशबाट राष्ट्रपतिलाई शपथ खुवाउने कि नखुवाउने भन्ने विषयले राजनीतिक वृतमा बुधबार ठूलै बहस सिर्जना भयो । अन्ततः राष्ट्रपतिलाई शपथ खुवाउन शितल निवास पुगेका प्रधानन्यायाधीशको हातमा न्यायापरिषदबाट पदमुक्त भएको पत्र हात पर्‍यो । अप्रत्याशित रुपमा आएको न्यायापरिषदको पत्रले पराजुली मात्र नभई देशमै ठूलो हलचल मच्चियो ।

चार वर्षअघि सरकारले बर्खास्त गरेका डिन डा. शशी शर्माको पदावधि चार दिन मात्रै बाँकी रहेको बेला पुनर्बहाली गर्नुपर्ने आदेश जारी गरेपछि प्रधानन्यायाधीश गोपाल पराजुली विवादमा तानिए । मेडिकल माफियाको स्वार्थ र साँठगाँठमा सुनियोजित रुपमा पराजुलीले फैसला सुनाएको भन्दै २०७४ पुस २४ गते चिकित्सा शिक्षा अभियन्ता डा. गोविन्द केसी अनसन बसे । पछि डा. केसीले प्रधानन्यायाधीश पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्र छानबिन गर्न माग गरे । बिस्तारै प्रधानन्यायाधीशको नागरिकता र शैक्षिक प्रमाणपत्रको विवाद सतहमा आयो ।

जन्ममितिको विवादलाई लिएर सडकदेखि सर्वाेच्चसम्म व्यापक आलोचना हुँदा समेत प्रधानन्यायाधीश पराजुलीले सत्य–तथ्य ल्याउने प्रयास गर्नुको साटो मौनता साँधेर बसिरहे । आफूमाथिको आरोप सुनेको नसुनेझै गरी नियमित काममा व्यस्त रहे । पछिल्लो समय सर्वाेच्चका न्यायाधीशहरुले नै पराजुलीको जन्ममितिलाई लिएर इजलास बहिष्कार गर्न थालेपछि प्रधानन्यायाधीशको विवाद छताछुल्ल भयो । तीन चौथाइ बहुमतसहित बनेको सरकारका नेतृत्वकर्ता प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उनलाई न्यायालयको विवाद समाधान गर्न सुझाए । तर उनले ओली र प्रचण्डको सुझावलाई समेत बेवास्ता गरेको समाचार बाहिरियो ।

पराजुलीको जन्म पाँच पटक !

जन्ममिति विवादमा आएका प्रधानन्यायाधीश गोपाल पराजुलीको पाँच वटा जन्ममिति देखिएको छ । २०३० सालमा पहिलो नारिकता लिँदा कायम जन्ममिति न्यायपरिषदको कतिपय बुलेटिनमा २००९ साल भदौ २१ गते उल्लेख छ । २०२८ साल जेठ २५ गते जारी स्थानान्तरण प्रमाणपत्रमा उल्लेखित उमेरका आधारमा हिसाब गर्दा कायम हुने जन्ममितिमा २००९ साल चैत १५ गते उल्लेख छ ।

यो प्रमाणपत्रको प्रमाणित प्रति सर्वाेच्च अदालतमा पनि पुगेको छ । न्यायपरिषदका विभिन्न बुलेटिन र कर्मचारी सञ्चयकोष अभिलेखमा २०१० साल बैशाख १३ गतेको जन्ममिति उल्लेख छ । प्रमाणपत्र र स्नातक तहमा उल्लेखित जन्ममिति २०१० साल बैशाख १६ गते उल्लेख छ । न्यायपरिषदले यही जन्ममितिलाई आधिकारिकता दिएको छ । शिक्षा मन्त्रालयले दिएको प्रवेशिका परीक्षामा २०११ साल बैशाख १३ गते उल्लेख छ । प्रधानन्यायाधीश पराजुलीको न्याय सेवामा प्रवेश गर्दा उल्लेख गरेको जन्ममिति र शैक्षिक प्रमाणपत्रको जन्ममिति कुनलाई आधार मान्ने भन्नेबारे विवाद छ ।

कहाँ–कहाँ चुके पराजुली ?

सर्वाेच्च अदालतमा पछिल्लो समय देखिएको विवादले न्यायालयको प्रतिष्ठामा आशंका उब्जिएको छ । न्यायलय जस्तो गरिमामय ठाउँमा भएका अपवित्र कामले सिंगो देशको छविमा आँच पु¥याउने काम गरेको छ । लामो समयदेखि जन्ममितिको विषय विवाद बढ्दा समेत पराजुलीले समस्याको निराकरण भन्दा पनि विजारोपण गर्न लागेको देखिन्छ । चौतर्फी आवाज उठेपछि उहाँले सम्बन्धित निकायदेखि नागरिकलाई आफ्नो जन्ममितिबारे सत्यतथ्य भन्न सक्नुपर्ने थियो । यसमा उनी चुकेको देखिन्छ ।

सार्वजनिक पदभार ग्रहण गरेको व्यक्तिले आफ्नाविरुद्ध उठेका सवालको स्पष्ट पार्न सक्नु पर्दछ । उनले यस विषयलाई गम्भीर रुपमा लिएर आफूमाथि लागेको दागलाई हटाउन सक्नु पर्नेथ्यो । आफूमाथि लागेको दागलाई हटाउनुको सट्टा उनले टार्नुभो, जसले अहिलेको परिस्थितिलाई जन्माएको हो । चौतर्फी विरोध भएपछि राजीनामा दिएर मार्ग प्रशस्त गरेको भए पराजुली नेपालको सफल प्रधानन्यायाधीशमा सूचीकृत हुन् । त्यो अवसर पराजुली आफैले गुमाएका छन् । त्यसैको परिणामस्वरुप अहिले पराजुलीको अपमानित तरिकाले बहिर्गमन भएको छ । जुन न्यायालयकै लागि समेत दुर्भाग्य मान्छन् कानूनका जानकारहरु नै ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७