कांग्रेस महाधिवेशन : ओली बोल्दा-बोल्दै मञ्चबाट उठेर हिंडे प्रचण्ड-माधव


२४ मंसिर २०७८, शुक्रबार
oli congress program

काठमाडौं, २४ मंसिर । एमाले अध्यक्ष केपी ओलीले सम्बोधन नसक्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मञ्च छाडेका छन् ।

ओलीसँग प्रचण्ड र माधव नेपालको राम्रो सम्बन्ध रहेको छैन भने उनीहरु लामो समयपछि एकै मञ्चमा काँग्रेसको महाधिवेशनका क्रममा देखिएका थिए । ओली महाधिवेशनको उद्घाटन शुरु भएपछि केही ढिला गरी आएका थिए । तर, उनी प्रचण्ड र नेपाल लहरैको सोफामा बसेनन् । उनी प्रधानमन्त्री शेरबहादुर देउवाभन्दा पल्लोपट्टि गए, जहाँ नेता रामचन्द्र पौडेल बसेका थिए । पौडेल सोफाबाट उठेपछि ओली बसेका थिए । ओलीले प्रचण्ड र नेपालको भाषण सुने पनि ओलीले भाषण गर्न थालेपछि प्रचण्ड र नेपाल पहिले नै उठेर हिँडेका थिए ।

ओली बोल्दा-बोल्दै माइक काटिएपछि …
एमाले अध्यक्ष केपी शर्मा ओलीले बोल्दा बोल्दै माइक काटिएको छ । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना दिन भृकुटीमण्डप पुगेका अध्यक्ष ओलीले उद्घाटन सत्रमा बोलिरहँदा अचानक माइक काटिएको हो ।

आफूले बोल्दा बोल्दै माइक काटिएपछि ओली केहीबेर ड्यासमा उभिँदै माइकलाई औंलाले हाने । धेरैबेर कुर्दा पनि माइकमा आवाज नआएपछि उनले भने, ‘मैले छोड्दिए, शेरबहादुरजीलाई मैले छोडि्िदएँ, धन्यवाद छ धेरै-धेरै शुभकामना ।’ तर केही बेरपछि माइकको आवाज आएपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले फेरि बोल्न आग्रह गरे । त्यसपछि उनी पुनः ड्यासमा पुगेर आफ्ना कुरा राखेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७