आठ वर्षीया आफन्त बालिकालाई जब्बरजस्ती करणी गरी फरार व्यक्ति २१ वर्षपछि पक्राउ


२४ मंसिर २०७८, शुक्रबार
raju thapa cFINSioEzO

काठमाडौं, २४ मंसिर । ललितपुर उपमहानगरपालिका-१८ मा २१ वर्षअघि एक आठ वर्षीया बालिकालाई जब्बरजस्ती करणी गरेर फरार व्यक्ति पक्राउ परेका छन् ।

मिति २०५५ जेठ १२ गते २० वर्षीय राजु थापाले आफ्नै नाता पर्ने आठ वर्षीया बालिकालाई घरमा कोही नभएको मौका छोपी १० रुपैयाँ दिने प्रलोभन र धम्की दिएर करणी गरेको प्रहरीले जनाएको छ । सो मुद्दामा उनलाई उच्च अदालत पाटनबाट तीन वर्ष कैद हुने फैसला भएको थियो ।

केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले उनलाई ललितपुरको झम्सिखेलबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७