कांग्रेस कोषाध्यक्ष सीतादेवी यादवले कुनै पदमा उम्मेदवारी नदिने


२४ मंसिर २०७८, शुक्रबार
sitadevi yadav 2

काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादवले कुनै पदमा उम्मेदवारी नदिने घोषणा गरेकी छन् । शुक्रबार कांग्रेस महाधिवेशन उद्घाटनका अवसरमा मन्तव्य व्यक्त गर्दै कोषाध्यक्ष यादवले आफूले कुनै पदमा उम्मेदवारी नदिने बताएकी हुन् । यादव वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर हुन् ।

कांग्रेसमा अन्य पदमा निर्वाचन भए पनि कोषाध्यक्ष पदमा हुँदैन । उनलाई १३ औं महाधिवेशनबाट निर्वाचित भएपछि सभापति शेरबहादुर देउवाले कोषाध्यक्षमा मनोनित गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७