बिशाल रायमाझीकाे ‘हुलाकीले हो’ गीतको छायांकन


१ चैत्र २०७४, बिहीबार
bishal rayamaji 1

अर्घाखाँची ,चैत्र १ । लोक दोहोरी क्षेत्रमा लामो समयदेखि निरन्तर कडा मेहनत गरेर आफूलाई स्थापित गराएका अर्घाखाँचीका गायक विशाल रायमाझीले गीत बजारमा ल्याउने भएका छन् । उनले सरिता शाहीसँगको सहकार्यमा ‘हुलाकीले हो’ भन्ने बोल रहेको गीत बजारमा ल्याउन लागेका हुन् ।bishal rayamaji 1
उनले यसभन्दा पहिले ‘नक्कले भिनाजु खै त मलाई जाले रुमाल’बाट दर्शक श्रोताहरू को अत्यधिक मन जित सफल भएका थिए । अब छिटै बजारमा आउन लागेको ‘हुलाकीले हो’को छायाङ्कन सम्पन्न गरेका छन् ।
जवानीमा चिठी पत्रको भरमा माया प्रीतिको सुरुवात भएका विषय बस्तुलाई गीतमा समेटिएको छ भने हुलाकीको भूमिकालाई हास्यव्यङ्ग्य रूपमा प्रस्तुत गराइएको छ जसमा मोदनाथ बेलबासेले हुलाकीको भूमिका निर्वाह गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७