गगनले सिटौलाको साथ छोड्दा प्रदीप पौडेललाई अवसर : सिटौलाको ‘अर्जुनदृष्टि’ महामन्त्रीमा पौडेल


२४ मंसिर २०७८, शुक्रबार
Pradip Paudel

काठमाडौं : नेपाली कांग्रेसको  १३ औं महाधिवेशनमा कृष्णप्रसाद सिटौला र गगन थापाको जोडी जमेको थियो । सिटौला सभापति र थापा महामन्त्रीको उम्मेदवार थिए ।

तर चौधौं महाधिवेशनमा आइपुग्दा थापा सिटौलाको साथ रहेनन् । तर नेविसंघका पूर्व अध्यक्ष समेत रहेका युवा नेता प्रदीप पौडेलले उनको साथ छोडेनन् । अहिले सिटौलाको एक मात्रै अर्जुन दृष्टि पौडेललाई सेट गर्नेमा देखिन्छ ।

पार्टीको १४ औँ महाधिवेशनको उद्घाटन समारोहमा नै नेता सिटौलाले प्रदीपको पक्षमा बोले । सिटौलाले आफूले युवालाई अघि बढाउने बताएका छन् सिटौलाले भने, ‘मैले साथीहरूलाई भनिसकेको छु, प्रदीप पौडेल जस्तो युवा मैले भेटेको छु । मैले जुन युवा भेटेँ, मैले उहाँलाई अगाडि बढाउने हो । जो युवा मसँग रहिरहन्छ, त्यही साथी अगाडि बढिरहन्छ ।’

देउवा समूहबाट गृहमन्त्री बालकृष्ण खाँण, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, सहमहामन्त्री डा. प्रकाशशरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा, नेता एनपी साउद महामन्त्रीका आकांक्षी थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७