पौडेल समूहबिना नै सकियो कांग्रेसको बन्दसत्र सकियो


२४ मंसिर २०७८, शुक्रबार
Congress Bandasatra

काठमाडौं : नेपाली कांग्रेस महाधिवेशन अन्तर्गत बन्दसत्र सम्पन्न भएको छ । रामचन्द्र पौडेल पक्षका नेताहरुको सहभागिताबिनै बसेको बन्दसत्र १०३० बजे सम्पन्न भएको हो।

शुक्रबार राति संगठन प्रतिवेदन, आर्थिक प्रतिवेदन र विधानमा अड्काउ फुकाउ सम्बन्धी प्रस्ताव पारित गर्दै बन्दसत्र सम्पन्न भएको हो । बन्दशत्र चलिरहेको बेला पौडेल समूह भने बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा भएको साझा उमेदवार तय गर्न बैठकमा थिए ।

बन्दसत्रबाट कोषाध्यक्ष सीताकुमारी यादवको आर्थिक प्रतिवेदन, महामन्त्री पूर्णबहादुर खड्काको सांगठनिक प्रतिवेदन र उपसभापति विमलेन्द्र निधिको नीति, अुनसन्धान तथा प्रशिक्षण प्रतिष्ठानसम्बन्धी प्रतिवेदन पारित भएको हो ।

उमेदवार मनोनयन दर्ता भोलि शनिबार बिहान १० देखि साँझ ५ बजेसम्म हुनेछ । उमेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ भोलि साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय साँझ ७ देखि ९ बजेसम्म हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७