पौडेल समूहको दुःख : देउवाले आक्रमक ‘मुभ’ रहेको बेला सभापतिको उम्मेद्वारमा लफडामा


२४ मंसिर २०७८, शुक्रबार
Ramchandra Team

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनको बन्दशत्र सम्पन्न भएर निर्वाचनको तालिका प्रकाशन भइसक्दा पनि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले भने सभापतिका उम्मेदवार टुङ्गो लगाउन सकेको छैन ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि आफ्नो पक्षमा पार्न आक्रमक ‘मुभ’ गरीरहेको बेला पौडेल समूहको उम्मेदवार टुंगो नलाग्दा पौडेल समूह तितरबितर बन्ने सम्भावना बढेको छ ।

उद्घाटन लगत्तै इतर समूह बत्तीसपुतलीको अनुपम फुडल्यान्डमा छलफलमा जुटेका थिए । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शशांसभापतिका आकांक्षीहरु पौडेल, शशांक कोइराला, शेखर कोइराला र प्रकाशमान सिंह छन् ।

सहमतिका लागि पौडेल र शशांकले आफू पछि हट्न तयार रहेको बताए पनि शेखर र प्रकाशमानले अडान नछोडेपछि सहमति नभएको हो ।

भित्र बैठक चलिरहेको बेला पौडेल समूहका महाधिवेशन प्रतिनिधिले सभापतिमा साझा उम्मेदवार तय गर्न माग गर्दै नाराबाजी गरेका थिए । सभापतिमा साझा उम्मेदवार कायम गर्ने निर्णय छिटो गर्न दबाब दिँदै महाधिवेशन प्रतिनिधिले बैठकस्थलमा नाराबाजी गरेका हुन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७