कांग्रेसको मञ्चमा कम्युनिस्ट रमिता


२५ मंसिर २०७८, शनिबार
4 neta1639128003

काठमाडौं, २५ मंसिर । कांग्रेसको १४औं महाधिवेशनले शुक्रबार कम्युनिस्ट नेताहरूलाई ‘पुनर्मिलन’ गराए जस्तो भयो । कांग्रेसलाई शुभकामना दिन आएका उनीहरू एकले अर्कालाई व्यंग्य गर्न भने छाडेनन् ।

महाधिवेशन उद्घाटन सत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाका बायाँतिर थिए। माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल दायाँतिर बसेका थिए ।

दाहाल र ओली कुराकानी गरेजस्तो पनि देखिन्थे। जब कि दाहाल निम्तो पाएर पनि एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा गएका थिएनन् । एमालेले नेपाललाई त निम्तोसमेत गरेको थिएन । यस्तै जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुर सँगैको कुर्सीमा बसेका थिए । जब कि यी दुई नेता पनि पार्टी विभाजन गरेर अलग अलग भएका हुन् । त्यसमाथि राप्रपाका नव निर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनको अभिव्यक्तिप्रति ओली र दाहालले रोष प्रकट गरे ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवाले पनि कटाक्ष गर्न छाडेनन्। देउवाले भने, ‘एउटा स्पष्ट कुरा के हो भने जुन दिन मेरो सरकार बन्यो त्योभन्दा अगाडिको दिनको डर, त्रास कस्तो थियो हेर्नुस् । म प्रधानमन्त्री भएको भोलिपल्टैै ओलीको शासनबाट मुक्ति पाए जस्तो भयो । जनताले त्यो महसुस गरे । देशले नै ओलीको शासनबाट मुक्ति पायो । अब यही स्वतन्त्रतालाई बचाइराख्ने हो भने यो महाधिवेशनले निणर्य गर्नुपर्छ ।’ देउवाले राष्ट्रियसभा, स्थानीय तह र केन्द्रको चुनाव आउँदै गरेको बताए ।

‘कांग्रेसको सरकार टिकिराख्यो भने मात्र आउँदो सरकारमा गाउँदेखि केन्द्रसम्म कांग्रेसको प्रतिनिधित्व हुन्छ’, उनले भने, ‘तपाईंहरू मलाई सभापतिमा जिताउनुहोस् । स्थानीय र आमनिर्वाचनमा कांग्रेस जिताउने जिम्मा मेरो भयो ।’ उनले कांग्रेसकै वरिष्ठ नेता रामचन्द्र पौडेलको लामो भाषणप्रति पनि व्यंग्य गरे । भने, ‘रामचन्द्रजी चिसोले गर्दा बोल्नै सक्नु भएन ।’ अन्नपूणर् पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७