कांग्रेसको नयाँ नेतृत्व चयन गर्न आज निर्वाचन प्रक्रिया शुरु हुँदै


२५ मंसिर २०७८, शनिबार
General convention of Nepali Congress scaled 1

काठमाडौं, २५ मंसिर । नेपाली काँग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका प्रक्रिया आज (शनिबार) शुरु हुँदैछ । १६७ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये १३ पदाधिकारी र १२१ जना केन्द्रीय सदस्यको निर्वाचन हुनेछ । निर्वाचनको प्रक्रिया शनिबार बिहान शुरु हुनेछ ।

काँग्रेसको १४ औं महाधिवेशनअन्तर्गत शुक्रबार उद्घाटन सत्र र बन्द सत्र सम्पन्न भएको छ । शनिबार बिहान १० बजे दे खि साँझ ५ बजे सम्म राष्ट्रिय सभागृहमा सभापतिदेखि केन्द्रीय सदस्यसम्मको उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । मनोनयनमाथिको दाबीविरोध र नाम फिर्ताका लागि मंसिर २६ गते आइतबार दिउँसो १ बजे सम्मको समय तोकिएको छ ।

आइतबार अन्तिम नामावली प्रकाशन गरेपछि २७ गते सोमबार बिहान ८ बजे देखि मतदान शुरु हुने छ । नेपाली कांग्रेसको विधानअनुसार १६७ सदस्यीय केन्द्रीय कार्यसमिति हुन्छ, जसमा १४औं महाधिवेशनले १३४ जनालाई निर्वाचित गर्नेछ । सभापति एक, उपसभापति दुुई, महामन्त्री दुुई र सहमहामन्त्री आठ पदका लागि निर्वाचन हुने छ । केन्द्रीय कार्यसमितिमा निर्वाचित एक सदस्यलाई सभापतिको प्रस्तावमा कोषाध्यक्षमा मनोनीत गर्ने व्यवस्था काँग्रेसकोविधानमा छ । सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउने व्यवस्था छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७