कस्तो रहला आजको मौसम ?


२५ मंसिर २०७८, शनिबार
snow

काठमाडौं, २५ मंसिर । देशभर दिनहुँ चिसो बढिरहेको छ । साताको मध्यतिर पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणालीको कारण सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको हिमाली भूभागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

साताको मध्यतिर देशका अधिकांश स्थानहरूमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको महाशाखाको भनाइ छ । साताको शुरु र अन्त्यतिर देशका अधिकांश स्थानहरूमा मौसम सामान्यतया सफा हुने सम्भावना रहेको छ ।

देशका अधिकांश स्थानहरूमा अधिकतम तथा न्यूनतम तापक्रममा हल्का गिरावट आउने सम्भावना रहेको छ । तराईका केही स्थानहरूमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने र घाम लाग्दै गएपछि बिस्तारै कम हुँदै जाने सम्भावना रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७