लघु चलचित्र ‘फगुनिया’ भयो आइवार्ड प्रतिष्पर्धामा पहिलो


२५ मंसिर २०७८, शनिबार
manteshoweri1639185507

काठमाडौं, २५ मंसिर । यौनजन्य विरुद्धको कथा बोकेको लघु चलचित्र ‘फगुनिया’ ले आइवार्ड प्रतिष्पर्धा-२०२१ जितेको छ । सरिता शाहले निर्देशन गरेको यो चलचित्र प्रथम हुँदा २५ हजार रुपैयाँ प्राप्त गरेको छ ।

द्वितीय स्थान निर्देशकद्वय पुष्पाजोशी र एन्जिला चौधरीको ‘ललिता’ले नगद १५ हजार र तृतीय भएको निर्देशकद्वय श्रृषा कुँवर र अस्मिता लावतीको चलचित्र ‘समाइरा’ले नगद १० हजार रुपैयाँ प्राप्त गरेको छ ।

Capture 6

महिला हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा आयोजना गरिएको सर्ट फिल्म प्रतिष्पर्धामा देशभरबाट महिला निर्देशकद्वारा निर्देशित १७ वटा लघु चलचित्रहरु प्रस्तुत् गरिएको थियो । १४ राष्ट्रमा इकाइ तथा ५४ राष्ट्रमा सदस्यहरू फैलिएको अवार्डको नेपाल च्याप्टरले यसअघि सन् २०१९ र २०२० मा यस किसिमको प्रतिष्पर्धाको आयोजना गरिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७