बसको ठक्करबाट युवतीको मृत्यु


२५ मंसिर २०७८, शनिबार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

सुनसरी, २५ मंसिर । सुनसरीको धरानमा बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । धरान- ८ बरगाछिमा को १ खा ३८५५ नम्बरको बसले को ३७ प ११३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा २३ वर्षीया अनिता राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इटहरी उपमहानगरपालिका-२० घर भएकी राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । दुबै सबारी दक्षिणबाट बरगाछीतिर जाँदै थिए । मोटराईकललाई ओभरटेक गर्ने क्रममा बसले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते राईलाई उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । अस्पताल पुर्‍याउनासाथ चिकित्सकहरुले राईलाई मृत घोषणा गरेका थिए । दुर्घटनापछि प्रहरीले बस र त्यसका चालक इटहरीका ५४ वर्षीय राजु थापालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७