दक्षिणी लेबनानको प्यालेस्टाइनी शिविरको हतियार भण्डारणमा विष्फोट


२५ मंसिर २०७८, शनिबार

काठमाडौं, २५ मंसिर । दक्षिणी लेबनानको बन्दरगाह सहरमा रहेको प्यालेस्टाइनी शिविरमा भएको विष्फोटमा कैयौको मृत्यु भएको आशंका गरिएको छ । शिविरभित्र राति भएको विष्फोटमा कम्तिमा १२ जना घाइते भएको बताइएको छ । तर मृतक र घाइतेहरुको संख्या यकिन हुन नसकेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

बुर्ज अल शेमाली शिविरमा रहेको समासको हतियार भण्डारण क्षेत्रमा विष्फोट भएको बताइएको छ । विष्फोटका कारण नजिकै रहेक भवनका सिसा फुटेका दृश्य देखेको प्रत्यक्षदर्शीले बताएका छन् । कोरोनाका बिरामीलाई उपचराका लागि भण्डारण गरिएको अक्सिजनबाट आगो सुरु भएको हुन सक्ने अधिकारीहरुलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।

सेनाले उक्त क्षेत्रमा कडा सुरक्षा दिएको बताइएको छ । लेबनानमा हजारौं प्यालेस्टाइनहरु शिविर बनाएर बसेका छन् । हमास र फतासँग जोडिएका धेरै सशस्त्र प्यालेस्टाइनीहरुले विभिन्न शिविरहरु नियन्त्रण्मा राखेका छन् । जहाँ लेबनानी अधिकारीहरुर्लाइ प्रवेशमा अनुमति छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु सिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७