११ बर्षीया बालिका बलात्कारको आरोपमा ६० वर्षीय वृद्ध पक्राउ


२५ मंसिर २०७८, शनिबार
Rape
सांकेतिक तस्वीर

काठमाडौं, २५ मंसिर । ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उदयपुरबाट ६० वर्षीय वृद्ध पक्राउ परेका छन् । ११ वर्षीया बालिकालाई जब्बरजस्ती करणी गरेको आरोपमा प्रहरीले त्रियुगा नगरपालिका-१० का टेकबहादुर सार्कीलाई पक्राउ गरेको हो ।

अभिभावकले दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उपदयपुर प्रवक्ता डिएसपी वेदबहादुर गौतमले जानकारी दिए ।

सार्कीले बालिकालाई विभिन्न प्रलोभनमा पारी जब्बरजस्ती करणी गरेको अभिभावकको आरोप छ । यौन हिंसामा परेकी बालिकाको स्वास्थ्य परीक्षणको रिपोर्ट आउन बाँकी छ । पक्राउ परेका सार्कीलाई जिल्ला अदालत उदयपुरबाट म्याद थप गरी घटनाबारे अनुसन्धान अगाडि बढाइएको डिएसपी गौतमले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७