बोहराटार बैठक : सर्वसम्मत उम्मेदवार हुन नसके रामचन्द्र पौडेल सभापतिमा नउठ्ने


२५ मंसिर २०७८, शनिबार
Ramchandra Poudel

काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू सर्वसम्मत उम्मेदवार हुन नसके सभापति पदमा नउठ्ने घोषणा गरेका छन् ।

आज बिहान आफ्नै निवास (बोहराटार) मा भएको बैठकमा इतर समूहको बैठकमा एउटा मात्र उम्मेदबार बनाउने कुरामा सहमति हुन नसकेपछि पौडेलले उसो भए आफू उम्मेदवार नबन्ने बताएका हुन् । उनले अहिले सभापतिमा शेरबहादुर देउवाको विकल्प चाहिएको भन्दै त्यसका लागि सबै त्याग गर्न तयार हुनुपर्ने बताएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७