राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दसानायके नियुक्त


२५ मंसिर २०७८, शनिबार
pubudu dassanayake

काठमाडौं, २५ मंसिर । नेपाल क्रिकेट संघ(क्यान) ले पुबुदु दसानायकेलाई राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । शनिबार बिहान बसेको बोर्ड बैठकले पुबुदुलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको क्यानले जनाएको छ ।

पुबुदु यसअघि पनि ४ वर्ष नेपाली राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी निभाएका थिए । उनकै प्रशिक्षणमा नेपालले सन् २०१४ मा बंगलादेशमा भएको ट्वान्टी-२० विश्वकप खेलेको थियो । जुन नेपाली खेलकुदको अहिलेसम्मकै ठूलो उपलब्धि थियो। नेपालको प्रशिक्षकका रूपमा काठमाडौंमा भएको एसीसी ट्वान्टी-२० कप दसानायकेको पहिलो आधिकारिक प्रतियोगिता थियो ।

अस्ट्रेलियाका डेभ ह्वाटमोरले राजीनामा दिएपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीमा नयाँ प्रशिक्षक खोजिएको थियो । नेपाली टोलीको मुख्य प्रशिक्षक बन्न ६० जनाले आवेदन दिए पनि सर्टलिस्टमा १५ जनालाई छनोट गरी अन्तिम चरणमा ५ जनाको अन्तर्वार्ता लिइएको थियो । यसपटक पुबुदुसँगै भारतीय प्रशिक्षक मोन्टी देसाई पनि प्रतिस्पर्धामा थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७