एमाले केन्द्रीय कमिटी बैठक गठ्ठाघरमा बस्दै, यस्ता छन् १५ एजेण्डा


२५ मंसिर २०७८, शनिबार
amale centre

काठमाडौं, २५ मंसिर । नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक शनिबार दिउँसो बस्दैछ । एमालेको दशौं महाधिवेशनपछिको दोस्रो केन्द्रीय कमिटी बैठक दिउँसो १ बजे जर्मन हाउस हस्पिटालिटी गठ्ठाघर भक्तपुरमा बस्न लागेको हो । शनिबार बिहान ११ बजे केन्द्रीय कमिटीको बैठक बस्ने कार्यतालिका तय भएपनि १ बजेसम्मका लागि समय सारिएको हो ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बैठकमा १५ वटा कार्यसूचीमाथि छलफल हुने जानकारी दिए । चितवनमा सम्पन्न दसौं राष्ट्रिय महाधिवेशनबाट ३०१ सदस्यीय नयाँ कमिटी गठन भएको छ । नव निर्वाचित कमिटीको पहिलो बैठक चितवनमै बसेको थियो ।

तामाङका अनुसार केन्द्रीय सदस्यहरूको शपथग्रहण, महाधिवेशनको सामान्य समीक्षा, केन्द्रीय कमिटीमा सदस्यहरूको मनोनयन, पोलिटब्युरो गठन, स्थायी कमिटीको गठन, केन्द्रीय सल्लाहकार परिषद्को गठन र कार्य विभाजन, प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन, जिल्ला र प्रदेश अधिवेशनको मिति निर्धारण, विधान सम्पादन र नियमावली संशोधन, बैठक सञ्चालन कार्यविधि, केन्द्रीय कार्यालय व्यवस्थापन, महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान, वरीयताक्रम निर्धारण र जनसंगठनको सुदृढीकरण अभियान लगाएतका विषय बैठकका एजेण्डामा राखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७