सुजातालाई साथमा लिएर अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गर्दै प्रकाशमान

विश्वप्रकाशलाई मनाउने प्रयास जारी


२५ मंसिर २०७८, शनिबार
prakashman sujata1639199434

काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेस इतर समूहका नेता प्रकाशनमान सिंहले पार्टीको जारी महाधिवेशनका लागि सभापति पदमा उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन् ।

पौडेल समूहमा रहेका नेता सिंहले अहिले यलम्बर पार्टी प्यालेसमा कार्यक्रम आयोजना गरी उम्मेदवारी घोषणा गर्न लागेका हुन् । प्रकाशमान सिंहको उपसभापतिमा उम्मेदवारी दिन लागेकी सुजाता कोइराला प्रकाशमान सिंहको सम्पर्क कार्यालयमा पुगेकी छन् । सुजातालाई उपसभापतिमा उम्मेदवार बनाएर अघि बढ्ने सिंहको तयारी छ । साथै महामन्त्रीमा विश्वप्रकाश शर्मालाई पनि मनाउने प्रयास भइरहेको एक नेताले जानकारी दिएका छन् । उनका अनुसार शर्माले कुनै जवाफ दिएका छैनन् ।

सिंहको प्यानलबाट काठमाडौंकी उपमेयर हरिप्रभा खड्गी पनि केन्द्रीय सदस्य पदमा उठ्ने भएकी छन् । टिममा को-को हुनुहुन्छ भन्ने प्रश्नमा खड्गीले भनिन्, ‘प्रकाशमान दाइ सभापति, म केन्द्रीय सदस्यमा उठ्छौं । बाँकी केहीबेरपछि थाहा होला ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७