हङकङमा पैदल यात्रीमाथि कार चल्दा ८ जना घाइते, चालक पक्राउ


२५ मंसिर २०७८, शनिबार
hongkong car accident k3awp23CU5

काठमाडौं, २५ मंसिर । हङकङको सोहोमा एउटा कार पैदलयात्रीहरुमाथि चल्दा ८ जना मानिसहरु घाइते भएका छन् । जसमध्ये दुईको अवस्था गम्भीर छ ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार शुक्रबार राति सोहोस्थित व्यस्त सडक पील स्ट्रिटमा उक्त कार पैदलयात्रीमाथि चढेको हो । प्रहरीले कार चालक ४४ वर्षीया महिलालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पार्किङमा राखेका कार आफैं करिब १०० मिटरसम्म पछि हट्दै पैदल यात्रुहरुलाई ठक्कर दिएको थियो । रातको करिब ८ बजे यो घटना घटेको हो । घटनास्थल हङकङको व्यस्त बार र रेष्टुरेन्ट अगाडि पर्छ । प्रहरीका अनुसार यो घटनामा घाइते भएकाको अहिले विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार कार चालक महिलाले कार पार्किङमा राख्दा ह्याण्डब्रेक लगाउन बिर्सेकाले कार आफैं ओरालोतर्फ ब्याक गएको हुन सक्ने बताएकी छिन् । करिब १०० मिटर पछि हटेको कार पर्खालमा ठोक्किएर क्षतिग्रस्त भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७