कांग्रेस महाधिवेशन : कल्याण गुरुङले गरे सभापति पदमा उम्मेदवारी दर्ता


२५ मंसिर २०७८, शनिबार
kalyan gurung11630381470

काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा कल्याण गुरुङले सभापति पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । गुरुङले १० बजेर ४५ मिनेटमा जाँदा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । केन्द्रीय सभापति पदमा उम्मेदवारी दर्ता गर्ने उनी पहिलो हुन् ।

उनले भने, ‘परिवर्तन न्याय र समानताका लागि मैले उम्मेदवारी दर्ता गरेका हुँ । युवा पुस्ताको प्रतिनिधित्वका रुपमा मेरो उम्मेदवारी हो ।’ हालसम्म कसैको टीम नबनेको कारण आफूले पनि एक्लै उम्मेदवारी दर्ता गरेको उनको भनाइ छ । कुनै पनि हालतमा आफ्नो उम्मेदवारी फिर्ता नहुने उनको भनाइ छ ।

नेपाली काँग्रेसको महाधिवेशनमा उम्मेदवारी मनोनयन दर्ता शुरु भएको छ । शनिबार बिहान १० बजेबाट शुरु भएको मनोनयन साँझ ५ बजेसम्म रहने काँग्रेसले जनाएको छ । काँग्रेसले सभापति पदका लागि मनोनयन दर्ता गर्न ३० हजार शुल्क तोकेको छ । उपसभापति र महामन्त्रीका लागि २५ हजार शुल्क निर्धारण गरिएको छ । सहमहामन्त्रीका लागि भने १५ हजार शुल्क तोकिएको काँग्रेसले जनाएको छ । केन्द्रीय सदस्यमा उठ्न चाहने उम्मेदवारले १० हजार शुल्क बुझाउनुपर्ने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७