देउवाको टिमबाट विश्वप्रकाश ‘आउट’, महामन्त्रीमै लड्ने घोषणा


२५ मंसिर २०७८, शनिबार
bishwa prakash

काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका नेता विश्वप्रकाश शर्माले आफू महामन्त्रीकै उम्मेदवार भएको बताएका छन् ।
उनले आफू संस्थापन पक्षको टिममा नपरेको स्वीकार गर्दै तर महामन्त्रीमा उम्मेदवारी दिने बताए ।

उनले टिमका बारेमा अझै निणर्य नभएको बताएका छन् । उनले आफू शेरबहादुर देउवाको प्यानलमा नपरे पनि उम्मेदवारी भने दिने बताए । ‘शेरबहादुर दाइको टिममा परिन, महामन्त्रीमा लड्छु कुन टिम भन्ने फाइनल भएको छैन’, शर्माले सुनाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७